fbpx

डा.केसी अनसन पुगेको आज २६ दिन पुरा, सरकारले गर्ला सहमति ?


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । डा.गोविन्द केसी १५ औँ पटक अनसन बसेको आज २६ दिन पुरा भएको छ । गत असार १६ गते जुम्ला पुगेर शुरु भएको उनको अनसन अहिले शिक्षण अस्पताल महाराजगञ्जमा चलिरहेको छ ।

उनलाई गत बिहीबार काठमाडौँ ल्याइएको थियो । त्यसयता हुन नसकेको वार्ताको पहल फेरी मंगलबारबाट शुरु भएको छ ।

सरकारी वार्ता टोली र डा.केसी पक्षकै सदस्यहरुको भनाईलाई मान्ने हो भने आज बुधबार दुबै पक्षबीच निर्णायक वार्ता हुदैछ । बिहान ९ बजेपछि शुरु हुने भनिएको वार्तामा सहमति हुने सम्भावना बढेको छ ।

डा.केसीले उठाएको मेडिकल माफिया अनुकुल बुँदा विधेयकबाट हटउन सरकारपक्ष तयार भएको छ । डा.केसी पक्षले विधेयकलाई संशोधन गर्ने मुख्य बुँदा सरकारी वार्ता टोलीसामु पेश गरेको छ ।

आज दुबै पक्षबीच विधेयकका बुँदा संशोधनमा छलफल हुनेछ ।

समर्थन बढ्यो, डा.कसीको स्वास्थ्य गम्भिर !

२६ दिनदेखि अनसन बसिरहेका डा.केसीको स्वास्थ्य अवस्था निकै जटिल बनेको छ । उनको मुटु चाल, रक्तकोषमा समस्या देखिएको छ । तर उच्च चिकित्सकको निगरानीका कारण उनी केही हदसम्म बिरामी पर्नबाट जोगिएका छन ।

तर उनको जीवनरक्षा र माग पुरा गर्न माग गर्दै दिनहुँ उनको पक्षमा जनसमर्थन बढेको छ । माइतीघर मण्डलामा उनका माग पुरा गर्न दबाब दिदै दिनहुँ प्रदर्शन चलिरहेको छ भने बसन्तपुरमा सबैले सामुहिक सत्याग्राही गरिरहेका छन ।

यसकारण सरकारलाई पनि डा.केसीका माग सम्बोधन गर्न दबाब बढेको छ ।

तपाईको प्रतिक्रिया