fbpx

लाओसमा भत्किएको बाँधमा परी २० जनाको ज्यान गयो


Share This

नेपालबहस संवाददाता    

लाओस । लाओसमा निर्माणाधिन जलविद्युतको आयोजनाको बाँध भत्किदा २० जनाको ज्यान गएको छ । तर अहिलेसम्म पनि हराएका सयौ जनाको अवस्थाबारे केही पत्ता लाग्न नसकेको बिबिसीले जनाएको छ ।

पानीको बहाबका कारण बाँध भत्केको अनुमान गरिएको छ । बाँध भत्किएपछि आएको बाढीले गर्दा ६ वटा गाउँ बगाएको थियो भने ती गाउँका साढे ६ हजार मानिसहरु घरवारविहिन भएका थिए ।

बाढीमा बगेकाहरुको हेलिकोप्टर र डुंगाबाट उद्धार गर्ने काम भइरहेको छ । तर अहिले पनि धेरै जना घरको छतमा बसेर उद्धारको पर्खाईमा रहेका छन ।

बाढीमा फसेकाहरुको उद्धार गर्ने काम भइरहेपनि हराएकाहरुको पत्ता लागि नसकेकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया