fbpx

कांग्रेसको अवरोधका कारण राष्ट्रियसभा बैठक एक साता पछि सर्यो


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । राष्ट्रियसभाको बुधबारको बैठक पनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण स्थगन भएको छ । प्रतिपक्ष दल नेपाली कांग्रेसका सदस्यहरूले आसनबाट उभिएर विरोध जनाएपछि राष्ट्रियसभाको बैठक एक साता पछि सरेको छ ।

नेपाली कांग्रेसका सांसद बद्री पाण्डेले सरकारले प्रा.डा. गोविन्द केसीसँग वार्ताका लागि गरेको प्रयासलाई सकारात्मक रुपमा लिएको उल्लेख गर्दै वार्ता टुङ्गोमा पु¥याउन माग गरेका छन् ।

उनले डा केसी जुम्लामा अनशन रहँदाको अवस्थामा भएको जुम्ला घटनाको निष्पक्ष छानबिन गरी प्रतिवेदन आउनुपर्ने र नेपाली चेलीहरुको अस्मितामा आँच पुग्ने गरी बोलेको भन्दै व्यवसायी दुर्गा प्रसाईंलाई कानूनी कारबाहीको दायरामा ल्याउनुपर्ने पनि माग गरेका छन् ।

अवरोधका बीचमा उठेर सांसद रामनारायण विडारीले कुन नियम र के आधारमा प्रतिपक्ष दलका सांसदहरुले सदन अवरुद्ध गगरेकोमा कारण खुलाउन माग गरेका थिए ।

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मन्त्रीहरुलाई राष्ट्रियसभा बैठकमा समयमै उपस्थित हुन रुलिङ गरेका थिए। उनले प्रतिपक्षी दलका सांसदहरुलाई बैठक सञ्चालन गर्नका लागि बसिदिन पटकपटक आग्रह गरेका छन् ।

तर प्रतिपक्षको अवरोधका कारण बैठक चल्न नसके पनि राष्ट्रियसभाका विषयत समितिमा सदस्यहरुको मनोनयन गर्ने विषयलाई कार्यसूचीबाट हटाइएको छ । राष्ट्रिय सभाको अर्को बैठक साउन १६ गते बुधबार ११ बजे बस्ने तय भएको छ ।

तपाईको प्रतिक्रिया