fbpx

दिल्ली महिला आयोगद्वारा १६ जना नेपाली महिलाको उद्धार


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । दोस्रो मुलुक भारतको राजधानी दिल्लीको बाटो हुदै कुवेत जान लागेका १६ नेपाली महिलाको उद्धार गरिएको छ । दिल्ली महिला आयोगले छापा मारेर दिल्लीको बाटो हुँदै कुवेत र इराक पठाउने तयारी भइरहेका बेला नेपाली महिलाको उद्धार गरेको जानकारी दिएको छ ।

मंगलवार राति स्थानीय समयानुसार राति साढे १ बजे छापा मारेर उनीहरूको उद्धार गरिएको हो । महिला तस्करमा संलग्न दलालहरूले उनीहरूलाई फकाइ–फुलाइ भारत पुर्‍याएको बुझिएको छ ।

भारतीय सञ्चारमाध्यममा प्रकाशित समाचारअनुसार दलालहरूले नेपाली महिलाको राहदानी ‘पासपोर्ट’ खोसेर आफूसँगै राखेका थिए । १६ जनालाई एउटा सानो कोठामा राखिएको थियो ।

दिल्ली महिला आयोगकी अध्यक्ष स्वाति मालीवालको नेतृत्वमा खटिएको टोलीले नेपाली महिलाको उद्धार गरेको हो । करिब ८ महिना अगाडिदेखि दिल्लीबाट कुवेत र इरानतर्फ महिला तस्करी भइरहेको प्रारम्भिक जाँचबाट खुलेको छ ।

तपाईको प्रतिक्रिया