fbpx

डा.केसीको ज्यान खतरामा, बचाउन जटिल हुने चिकित्सकको चेतावनी


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । डा.गोविन्द केसीको १५ औं अनसनको आज २७ दिन पुरा भएको छ । उनको जीवनकै लामो अनसन चलिरहदा स्वास्थ्य अवस्था भने निकै जटिल बनेको छ ।

उनलाई अब आईसियुमा राख्नुपर्ने बेला आएको भन्दै बचाउन मुश्किल हुने उनका चिकित्सकले चेतावनी दिएका छन ।

शरीरमा हुनुपर्ने अनिवार्य सबै उर्जा सकिदै गएकोले डा.केसी जतिबला पनि अचेत हुन सक्ने उनको उपचारमा सलंग्न डा.दिव्या सिंहले जानकारी दिएका छन ।

अबको एक दुई दिनमा उनको अनसन नरोकिए समस्या थप बल्झिने पनि सिंहले बताएकी छन । तर हिजो बेलुकी भएको वार्ता निष्कर्षविहिन भएपछि समस्या थप जटिल भएको छ ।

तपाईको प्रतिक्रिया