fbpx

रसुवामा पहिरोले प्रहरी चौकी र घर पुरिदा १० जना बेपत्ता !


Share This

नेपालबहस संवाददाता    

रसुवा । लगातारको पानीले पहिरो आएपछि रुसुवाको टिमुरेमा प्रहरी चौकी पुरेको छ । प्रहरी पोष्ट र नजिकै रहेको होटल पुरिदा १० जना बेपत्ता भएका प्रहरीले जनाएको छ ।

अरु १२ जना पहिरोमा परी घाइते भएका छन । टिमुरोमा रहेको अस्थायी प्रहरी पोष्ट र नजिकै रहेका घर तथा होटल पुरेको हो ।

बेपत्ता हुनेमा राती ती होटलमा बास बसेका पाहुना छन । प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले १० जना बेपत्ता भएकाको खोजीका लागि प्रहरी खटाइएको छ ।

बुधबार दिउँसोदेखि परिरहेको पानी रातीसम्म नरोकिदा पहिरो गएको उनको भनाई छ ।

तपाईको प्रतिक्रिया