fbpx

रसुवाको टिमुरेमा पहिरोमा परी ४ जनाको मृत्यु, १२ जना घाइते [अपडेट]


Share This

नेपालबहस संवाददाता    

मन्थली । रसुवाको गोसाइकुण्ड गाँउपालिका–२ टिमुरेमा पहिरोमा परी चार जनाको मृत्यु भएको छ । अरु १२ जना घाइते भएका छन ।

बुधबार राती आएको पहिरोले टिमुरेमा रहेको अस्थायी प्रहरी चौकी र होटल पुरेको थियो । तर प्रहरी भागेर ज्यान जोगाउन सफल भएपनि होटलमा बसेकाको भने ज्यान गएको प्रहरीले जनाएको छ ।

अरु ११ जना बेपत्ता भएका छन । पहिरोमा तीन वटा कन्टेनर पुरिएका छन्। बेपत्ता भएकाहरुको खोजीका लागि प्रहरी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया