fbpx

पाकिस्तानको आम निर्वाचनमा क्रिकेटर इमरान खानको पार्टीलाई अग्रता !


Share This

नेपालबहस संवाददाता    

पाकिस्तान । बम विष्फोटका बीच बुधबार भएको आम निर्वाचनको प्रारम्भिक मतगणनामा क्रिकेटर इमरान खानको पार्टीले अग्रता लिएको छ ।

निर्वाचन आयोगले बिहीबार बिहानसम्म एक ठाउँको नतिजा सार्वजनिक गर्दा रावलपिंडीबाट पाकिस्तान तहरीक–ए–इन्साफ पार्टीका उम्मेदवार मोहम्मद अदनान विजयी भएका छन्।

हाल सम्म कुनै पनि स्थानको नतिजा सार्वजनिक गर्न नसकेकोमा निर्वाचन आयोगको आलोचना हुन थालेको छ । आयोगका प्रमुख निर्वाचन आयुक्त सरदार रजा खानले भने आलोचनाको खण्डन गर्दै प्राविधिक कारण नतिजा सार्वजनिकमा ढिलाई भएको बताए।

हालसम्मको मतगणनामा पूर्व क्रिकेटर इमरान खानको पाकिस्तान तहरीक–ए–इन्साफ पार्टीले अग्रता हासिंल गरिरहेको छ । भने दोस्रो स्थानमा नवाज शरीफको पार्टी पाकिस्तान मुस्लिम लिग रहेको छ।

चुनावका क्रममा बुधबार बलुचिस्तानको क्वेटा शहरमा भएको बम विष्फोटमा परी ३१ जनाको ज्यान गएको थियो ।

तपाईको प्रतिक्रिया