fbpx

लिभरपुलले म्यान्चेष्टर सिटीलाई फेरी पनि हरायो !


Share This

नेपालबहस संवाददाता    

अमेरिका । प्रिमियर लिग च्याम्पियन म्यान्चेष्टर सिटीलाई लिभरपुलले फेरी पनि स्तब्ध पारेको छ । अमेरिकामा भएको मैत्रीपुर्ण खेलमा सिटीलाई लिभरपुलले २-१ गोल अन्तरले पराजित गरेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा तीन वटै गोल दोश्रो हाफमा भएका थिए । खेलको ५७ औ मिनेटमा लेरी सानेको गोलबाट अग्रता लिएको सिटीले त्यसलाई जोगाउन सकेन ।

दोश्रो हाफको ६२ औँ मिनेटमा मैदान छिरेको एक मिनेटभित्रै लिभरपुलका सुपरस्टार मोहम्मद सलाहले बरबरी गोल गर्दै खेल बराबरीमा ल्याए ।

६ मिनेट पनि नटिकेको सिटीको अग्रता बराबरी भएपछि नतिजाका लागि अतिरिक्त समय कुर्नुपरेको थियो । अतिरिक्त समयको चौथो मिनेटमा साडियो मानेले पेनाल्टीमा गोल गर्दा लिभरपुल विजयी भएको हो ।

गत सिजनको प्रिमियर लिगमा लिभरपुलले दुबै खेलमा सिटीलाई पराजित गरेको थियो । बिहीबार बिहान भएको मैत्रीपूर्ण खेलमा पनि लिभरपुलले जितलाई कायमै राखेको हो ।

सिटीका मुख्य खेलाडी बिदामा भएका कारण पनि पेप ग्वार्डिओलाको टिमलाई जित निकाल्न कठिन भएको हो ।

तपाईको प्रतिक्रिया