fbpx

यसरी आइपुग्यो वायु सेवा निगमको दोश्रो वाइडबडी विमान मकालु !


Share This

नेपालबहस संवाददाता    
फोटो  :अन्नपूर्ण पोष्ट

काठमाडौं । सरकारले युरोपबाट दोश्रो वाइडबडी विमान भित्र्याएको छ । ए ३३०–२०० सिरिजको जहाजका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपालीमा ‘मकालु’ नाम राखेको छ ।

यसअघि निगमले ल्याएको पहिलो विमानलाई ‘अन्नपूर्ण’ नाम दिइएको थियो । निगमले खरिद गरेका दुईवटा वाइडबडीमध्ये पहिलो जहाजले सोमबारमात्रै भारतको डिल्लीमा प्रुफिङ उडान गरेको थियो। उक्त जहाजको पहिलो व्यावसायिक उडान यही साउन १६ गते कतारमा हुँदैछ।

दोस्रो वाइडबडी जहाज लिन निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारको टोली फ्रान्स पुगेको थियो । नयाँ जहाजमा पनि पहिलो वाइडबडीमा जस्तै दुई सय ७२ सिट छन्।

निगमले नेपाल सरकारको ग्यारेन्टीमा कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको २४ अर्ब रुपैयाँको ऋणबाट दुईवटा वाइडबडी जहाज खरिद गरेको हो।

नेपालले सन् २०२० मा मनाउन लागेको ‘भिजिट नेपाल’ र पर्यटन विकासका लागि दुई ठुला वाइडबडी जहाज भित्र्याएको हो ।

तपाईको प्रतिक्रिया