fbpx

यी हुन टिमुरेको पहिरोमा मृत्यु हुने ४ जना सिन्धुपाल्चोका युवा


Share This

नेपालबहस संवाददाता    

रसुवा । टिमुरेमा गएराती खसेको पहिरोमा परेर मृत्यु हुने चार जनाको पहिचान खुलेको छ । मृत्यु हुनेमा चारै जना सिन्धुपाल्चोकका हुन ।

भीरमाथिबाट आएको पहिरोमा परी सिन्धुपाल्चोक भोटेकोशीका श्याम तामाङ, मंगले तामाङ, विक्रम नेवार र रमेश खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

पहिरोमा हराइरहेका ७ जनाको खोजी भइरहेको छ । अरु १२ जना घाइते भएका छन । गएराती १ बजे गएको पहिरोमा परेकाको उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी खटिएको छ ।

पहिरोले टिमुरेमा रहेको अस्थायी प्रहरी चौकी, नजिकका होटल र केही घर पुरेको थियो । पुरिएका र हराएकाहरुको खोजी भइरहेपनि पानी परिरहेका कारण उद्धारमा कठिनाई भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया