fbpx

बरु डा.केसी मर्न सक्छन, तर सरकार झुक्दैन, माग पनि पुरा गर्दैन !


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । जुम्लामा अनसनरत डा.गोविन्द केसीलाई काठमाडौ ल्याउने गत बिहीबार शिक्षामन्त्री गिरिराजमणि पोखरेलले पत्रकार सम्मेलन गरेर भनेका थिए, संसदीय प्रक्रियामा गइसकेको चिकित्सा शिक्षा विधेयक फिर्ता गर्न मिल्दैन ।

पत्रकारको जवाफ थियो, विधेयक फिर्ता नभएसम्म डा.केसी काठमाडौँ आउन मान्नुहुन्न । सरकारले कसैलाई अनाहकमा मर्न दिदैन । बल प्रयोग गरेर भएपनि ल्याउँछ । उनले यति भन्दा डा.केसीलाई उठाउन सेनाको हेलिकोप्टर जुम्ला पुगिसकेको थियो ।

मन्त्री पोखरेलले थप भने, मेडिकल शिक्षामा कति गर्न सकिन्छ ? के के गर्न सकिन्छ । सरकारलाई थाहा छ । जनताले बहुमत दिलाएर पठाएको सरकारले गर्ने काम कसैले अनसन बस्दैमा रोकिदैन ।

उनले अगाडी भने चिकित्सा शिक्षा अध्यादेशमा हाम्रो सहमति थिएन, दुर्गा बहादुर कार्कीको प्रतिवेदन हाम्रो सरकारले बनाएको होइन ।

यति भनेपछि उनले आफ्नो भनाई सके । पत्रकार मुखामुख गर्दै शिक्षा मन्त्रालयबाट बाहिरिए । सिंहदरबारबाट अफिस नपुग्दै प्रहरीले बन्दुक, गोली र लाठी बर्साएर जुम्लाबाट डा.केसीलाई उठाउन भ्याईसकेको थियो ।

फोटो  :थाहाखबर

यसक्रममा कति घाइते भए ? कतिलाई चोटपटक लाग्यो ? कतिको मानसिक अवस्था खल्बलियो ? अनि कतिलाई राज्यप्रति साह्रै उदेक लागेर आयो ? भन्ने कुरा स्वंयमलाई थाहा छ । किनकी दुई तिहाईको घमण्डले ओली सरकार अन्धो भइसकेको थियो ।

जुम्लाबाट केसीलाई काठमाडौ ल्याउनु ने प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्रीका लागि ठूलो सफलता हो । किनकी अब डा.केसी मर्दैनन । जसरी सयौ दिन अनसन बसेकी गंगामाया अधिकारी मरेकी छैनन । बरु घाटीको नसा छेडेर सलाइन दिइरहनु परेको छ ।

उनका पति नन्दप्रसादको अवस्थामा डा.केसी पुग्दैनन । किनकी डा.केसीका पछाडी सत्तापक्षबाहेक सबै नागरिक छन । तर सरकार सित्तिमिति डग्मगाउने अवस्थामा छैन ।

दुई तिहाई बहुमत र मेडिकल माफिया ओली सरकारका हतियार हुन । भगवान मानिने जनताले यो कुरा बुझ्दैनन । किनकी अहिलेका जनता भनेकै पुर्व एमाले र माओवादी हुन भन्ने भ्रम ओली सरकारलाई छ । अनि नेकपा कार्यकर्तालाई पार्टी र सरकारको निर्णयलाई रक्षा गर्नुछ । भलै ज्यान जाओस ।

डा.केसीका माग पुरा नहुने कारण

पुर्व एमाले र पुर्व माओवादीले मेडिकल माफिया दुर्गा प्रसाई लगायतबाट चुनावअघि नै करोडौ चन्दा लिइसकेका छन । चुनावपछि सरकारमा पुगेपछि ब्याज तिर्ने गरी ।

नेकपाका अध्यक्ष बनेका प्रचण्ड र ओलीले प्रसाईको घरमै मार्सी चामलको भातसँगै बिएण्डसी कलेजलाई सम्बन्धन दिलाउने बाचा खाएका छन । बाचा मात्रै खाएका छैनन । दुई तिहाईको बल पुगेपछि त्यसलाई फिर्ता नगर्ने बोरोफिन ट्याब्लेट पनि खाएका छन ।

जसलाई डा.केसीका समर्थकको शान्तिपूर्ण प्रदर्शनले उनीहरुको मन दुख्दैन । डा.केसीको अनसन २७ दिनसम्म लम्बिएको छ । तर सरकार र उसका मन्त्री डा.केसी मर्न सके हाइसञ्चो मान्ने अवस्थामा पुगेका छन ।

केसी मरेको केही दिनसम्म लाठी चार्ज गर्नुपर्ला । त्यसपछि भने हाइसञ्चो हुन्छ भन्ने भान ओली र प्रचण्डलाई छ । किनकी डा.केसी अब यो युगमा जन्मिदैनन ।

यति गरेपछि ओली र प्रचण्डलाई अब बाँकी दिनमा मेडिकल माफियाको चन्दा खाएर गुजारा चल्छ । त्यही भएरै होला निष्कर्षमा पुग्नै लागेको वार्ता भाडेर सरकार डा.केसीलाई मृत्यु शैयामा पुर्याउन चाहन्छ । तर उनका अकाट्य माग सम्बोधन गर्न चाहदैन । बरु डा.केसीको मृत्यु देख्न चाहन्छ ।

तपाईको प्रतिक्रिया