fbpx

अनसनरत केसीका ३० चिकित्सक प्रहरी नियन्त्रणमा


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । अनसनरत डाक्टर गोविन्द केसीको समर्थनमा आन्दोलन गर्न बालुवाटारतर्फ जान लागेका करिब ३० जना चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको टोलीलाई प्रहरीले बिहीबार बिहान नियन्त्रणमा लिएको छ ।

आमरण अनसनरत डा.केसीको जीवन रक्षाको माग गर्दै आन्दोलीत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई महाराजगञ्ज शिक्षण अस्पताल अगाडिको सडकबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनीहरु शिक्षण अस्पताल अगाडिबाट बालुवाटारतर्फ अगाडि बढ्न क्रममा प्रहरी र प्रदर्शनकारीबीच केहीबेर सामान्य झडप समेत भएको थियो ।त्यसपछि प्रहरीले करिब ३० जना चिकित्सकहरुलाई नियन्त्रणमा लिएर भ्यानमा राखेको कोचेको थियो ।

पक्राउ परेकाहरुलाई नेपाल पुलिस क्लबमा राखिएको छ । पक्राउ परेकाहरु पुलिस क्लबभित्रै धर्नामा बसेका छन् ।

तपाईको प्रतिक्रिया