fbpx

पुनः सरकार र डा.केसी पक्षबीच वार्ता सुरु


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । आमरणको अनशनको २८ औं दिनमा आइपुग्दा पनि सरकार डाक्टर गोविन्द केसीको मागमा लचिलो नभएको केसी समर्थकहरुले बताएका छन् ।

लगातार एक दुई दिन देखि डा .केसीका मागको सम्बोधन सहित निरन्तर वार्तामा बसेको सरकार र केसी पक्षबिच वार्ता असफल हुदा सरकार लचिलो र जिम्मेवारविहीन भएको आरोप केसी समर्थकहरुले लगाएका छन् ।

यसैबिच मंगलबार र बुधबार सरकार र केसी पक्षबिचको वार्ता असफल भएपछि प्रधानमन्त्रीको कार्यालय सिंहदरवारस्थित सरकार र अनशनरत डा। गोविन्द केसी पक्षका वार्ताकारहरुबीच वार्ता पुन: सुरु भएको छ ।

सरकारी वार्ता टोलीमा संयोजक एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बराललगायत तीन जना छन् भने डा. केसी पक्षका संयोजक डा.अभिषेक सिंह, डा. जीवन क्षेत्रीलगायत पाँच जना वार्तामा संलग्न छन्।

यसअघि हिजोको वार्ता असफल भएपछि उनीहरुले बिज्ञप्ति जारी गरेर सरकार संवेदनहिन बनेकोसमेत आरोप लगाएका थिए।

यो पनि पढ्नुस

बरु डा.केसी मर्न सक्छन, तर सरकार झुक्दैन, माग पनि पुरा गर्दैन !

डा.केसीको ज्यान खतरामा, बचाउन जटिल हुने चिकित्सकको चेतावनी

सरकार र डा.केसीबीचको छलफल सकारात्मक, निर्णायक वार्ता बुधबार हुने

डा.केसी अनसन पुगेको आज २६ दिन पुरा, सरकारले गर्ला सहमति ?

बुधबार पनि सरकार र डा. केसी पक्ष बिच वार्ता असफल

तपाईको प्रतिक्रिया