fbpx

सरकार र केसी पक्षबीच ७ बुँदे सहमति : वार्ता सफल


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग गर्दै झण्डै चार हप्तादेखि अनसनरत डा. गोबिन्द केसी र सरकारबीचको वार्ताले पुर्ण सहमति पाएको छ ।

पटक पटक बसेको वार्ता असफल भएपछि बिहीबार प्रधानमन्त्री कार्यालयमा भएको वार्तामा सरकार र केसी पक्षबीच ७ बुँदे सहमति हुदा वार्ता सफल विन्दुमा पुगेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले डा केसीसँग सहमतिका लागि सन्देश पठाएसँगै साढे दुई बजेदेखि प्रधानमन्त्री कार्यालय सिँहदरवारमा वार्ता सुरु भएको थियो।

प्रधानमन्त्री ओलीले नेकपा संसदीय दलका उपनेता सुवाष नेम्वाङमार्फत् सरकारी वार्ताटोलीलाई डा केसीसँग सहमतिका लागि सन्देश पठाएका थिए।

तपाईको प्रतिक्रिया