fbpx

प्रधानन्यायाधीश जोशीको भोलि निर्णय सुनाइने


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको बिहीबार सुनुवाई सकिएको छ ।आज सुनुवाई सकिए पनि निर्णय भोलि मात्रै हुने संसदीय सुनुवाई विशेष समितिका सभापति लक्ष्मणलाल कर्णले बताएका छन् ।

संवैधानिक परिषदले प्रधानन्यायाधीशमा सिफारिस गरेका सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश जोशीविरूद्ध संसदीय सुनुवाइ समितिमा ५ वटा उजुरी परेका थिए । जसमा शैक्षिक प्रमाणपत्र लगायतका विषय थिए ।

थप छलफल गर्नुपर्ने, कतिपय विषयवस्तु स्पष्ट हुनुपर्ने भएकाले उनले दिएको जवाफका आधारमा निष्कर्षमा पुग्न कठिन हुने निर्णयका साथ शुक्रबारका लागि बैठक डाकिएको हो ।

जवाफमा कामु प्रधानन्यायाधीश जोशीले आफू निष्पक्ष र तटस्थ न्याय सम्पादनका लागि प्रतिबद्ध रहेको भन्दै अदालतमा विचाराधिन विषयमा भने प्रतिक्रिया नदिने बताए । उनले आफ्नो प्रमाणपत्रबारे उठेको प्रश्नमा समितिको सभापतित्व गरेका लक्ष्मणलाल कर्णलाई कागजात बुझाउँदै सञ्चारमाध्यममा आएका विषयवस्तुहरु सही नभएको प्रतिक्रिया दिए ।

तपाईको प्रतिक्रिया