fbpx

अनसनरत डा.केसी २ बुँदामा असन्तुष्टि ! वार्ता टोली बालुवाटारमा


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । सरकारी वार्ता टोलीसँग भएको सात बुँदे सहमतिका दुई बुँदामा २७ दिनदेखि अनशनरत प्रा.डा. गोविन्द केसीले असहमति जनाएका छन् । सिंहदरबारमा सरकारी पक्ष र केसी पक्षको वार्ता टोलीबीच भएको सहमतिका सात बुँदामध्ये संसदमा दर्ता चिकित्सा शिक्षा विधेयक फिर्ताको कुरा उल्लेख नगरिएको भन्दै केसीले नमानेपछि वार्ता टोली बालुवाटार पुगेको हो ।

केसीले चिकित्सा शिक्षा विधेयकमा असहमति जनाउँदै अनशन बसेका थिए । केसी पक्षले संसदमा दर्ता चिकित्सा शिक्षा विधेयकमा २२ बुँदे संशोधन माग गरेको थियो ।

२२ बुँदे संशोधनमा केसीले काठमाडौँ उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज खोल्न नपाइने प्राबधान पनि थियो । केसीले यसअघिकै अनशनमा यो कुरा उठाएपछि सरकारले त्यसमा सहमति पनि जनाएको थियो ।

दुई वार्ता टोलीबीच सहमति जुटे पनि केसीले असहमति जनाएपछि यस बुँदामा २ पक्षबीच फेरि बालुवाटारमा वार्ता भइरहेको छ । केसीले उठाएको विधेयक फिर्ताको मागलाई दुई टोलीको सहमतिले नसमेटेपछि बालुवाटारमा दुई पक्ष जुटेका हुन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा दुई पक्षबीच केही घण्टा वार्ता भएको थियो । वार्ताका क्रममा सरकारकोतर्फबा शिक्षा सचिव खगराज बरालले नेतृत्व गरेका थिए भने केसीको तर्फबाट डा. अभिषेक सिंह संयोजक थिए ।

तपाईको प्रतिक्रिया