fbpx

सरकार र डा.केसी पक्ष बिच सहमतिको मस्यौदा तयार, केहीबेरमा हस्ताक्षर हुदै


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । सरकार र अनशनरत डा.गोविन्द केसी पक्षबीचको वार्ता निष्कर्षमा पुगेको छ । आज प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको वार्तामा सरकार र केसी पक्षबीच सहमति भएको हो ।

सहमति पत्रमा हस्ताक्षर भएसँगै आज २७औं दिनमा डा. गोविन्द केसीले अनशन तोड्नेछन् । अहिले सहमतिको मस्यौदा तयार भइरहेको र केहीबेरमा हस्ताक्षर हुने नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङले जानकारी दिए ।

उनले भने– “डा.केसीको माग अनुसार सहमति भएको छ, र टिचिङ अस्पतालमा केही बेरमै दुवै पक्षले सहमति पत्रमा हस्ताक्षर गर्नेछन् ।”

तपाईको प्रतिक्रिया