fbpx

अन्ततः सरकार र डा.केसीबीच ९ बुँदे सहमति, २७ दिन लामो अनसन तोडियो


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । सरकार र डा.गोविन्द केसीबीच अन्ततः ९ बुँदे सहमति भएको छ । काठमाडौँ उपत्यकामा १० बर्षसम्म मेडिकल कलेज खोल्न नपाउने कुरामा अन्ततः सरकार सहमति भएपछि डा.केसीको २७ दिन लामो अनसन तोडाउने ९ औँ बुँदे सहमति बनेको हो ।

यसअघि ९ बुँदासम्म सरकार र डा.केसी पक्षबीच सहमति भएको थियो । तर उपत्यकामा १० बर्षसम्म मेडिकल कलेज खोल्न नपाउने विषयमा सरकार आक्रामक देखिएपछि डा.केसी पक्षले सहमति मानेको थिएन ।

अन्ततः सरकारले डा.केसीको मुख्य त्यही माग पुरा गरेपछि गत असार १६ देखि शुरु भएको अनसन बिहीबार राती तोडिएको हो ।

तपाईको प्रतिक्रिया