fbpx

कोमामा गइसकेको डा.केसीको जीवन कसले बचायो ?


Share This

नेपालबहस संवाददाता    

काठमाडौँ । अनसन तोड्ने प्रतिक्षाको एकदिन अगाडी डा.गोविन्द केसीको स्वास्थ्य कोमामा जान सक्ने भन्दै उनका चिकित्सकले सञ्चारमाध्यमलाई चेतावनीपूर्ण विज्ञप्ती पठाए ।

यो विज्ञप्ती त्यतिबेला आएको थियो, जतिबेला डा.केसी पक्ष र सरकारबीचको वार्ता असफल भएको थियो । सहमति नजिक पुगेको वार्ता असफल भएपछि एकाएक सन्नाटा छाायो ।

भलै अबेर राती फेरी अनौपचारिक र अघोषित रुपमा वार्ता भयो । बुधबार रातीको यो अवस्थामा डा.केसी अब के हुन्छन ? बाच्छन या बाच्दैनन् । चासो बढेको थियो ।

तर प्रधानमन्त्री केपी शर्मा ओली त्यति गम्भिर देखिएका थिएनन । उनले सजिलो गरी पनि भनेनन् । तर भित्री योजनामा काम गरिरहे ।

यसको नेतृत्व नेकपाका नेता सुवास नेम्वांगले गरिरहेका थिए । डा.केसीलाई बल प्रयोग गरेर काठमाडौँ ल्याएपछि रोकिएको वार्ता नेम्वांगकै पहलमा शुचारु भएको थियो ।

बुधबारको वार्ता असफल भएपछि रातारात प्रधानमन्त्रीसहितको छलफलमा डा.केसी पक्षलाई ल्याएर सहमतिको न्युनतम खाका बनाउने पनि उनै नेम्वांग थिए ।

बिहीबार बिहानै वार्ता शुरु भयो । बेलुकीतिर सिंंहदरबारमा ७ बुँदे सहमति भएको सुनियो । डा.केसीले त्यसलाई अस्वीकार गरे ।

फेरी लगत्तै ९ बुँदे सहमति भयो । बालुवाटारमा भएको यो सहमतिलाई पनि डा.केसीले अस्वीकार गरे ।

अस्वीकार गर्नुको मुख्य कारण काठमाडौँ उपत्यकामा १० बर्षसम्म मेडिकल कलेज खोल्न नपाइने व्यवस्था विधेयकमा थिएन । डा.केसी यो बुँदा विधेयकमा राख्नैपर्ने अडानमा थिए ।

अनसन तोडिनै लाग्यो भनेर सञ्चारमाध्यममा हेडलाइन आइरहदा डा.केसी पक्षले शिक्षण अस्पतालमै पत्रकार सम्मेलन गरेर वार्ता निष्कर्षमा पुगि नसकेको पुष्टि गरे ।

टोली फेरी बालुवाटार पुग्यो । सरकारी पक्ष एउटा सहमतिपछि नाक ठाडो पारेर अब अनसन तोडिन्छ भनेर मिडियालाई भन्थे । तर डा.केसी अनसन तोड्न तयार थिएनन ।

तर जब ९ औँ बुँदा पनि डा.केसीबाट अस्वीकार भयो । तब भने नेता नेम्वांगलाई लाग्यो, एउटा कागजको विधेयक भन्दा डा.केसीको जीवन महत्वपूर्ण छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नचाहदा नचाहदै नेम्वांगले डा.केसीको कोमामा गइसकेको जीवन बचाउन विधेयकमा १० बर्षसम्म काठमाडौँ उपत्यकामा मेडिकल कलेज खोल्न नपाइने व्यवस्था लेख्न लगाए ।

यतिञ्जेल रातीको १० बजिसकेको थियो । बिहीबार अनसनको २७ औँ दिनमा पनि अनसन तोडिदैन की भन्नेलाई एकाएक आशा दिलायो । प्रा.डा.केदारभक्त माथेमा र नेम्वांग आफैले शिक्षण अस्पताल पुगेर डा.केसीलाई जुस खुवाए । डा.केसीलाई कोमाबाट फिर्ता ल्याउन सफल भए ।

अनि डा.केसीको साथ र अभियानमा लागेका सबैजना मेरो देशको स्वास्थ्य निति मेरो पुस्ताका लागि उपयुक्त भयो भन्दै फेसबुक र ट्वीटरमा पोस्टिन थाले ।

तपाईको प्रतिक्रिया