fbpx

प्रधानमन्त्री ओलीको दुई तिहाई घमण्ड डा.केसीले उतारे !


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । डा.गोविन्द केसी जुम्लामा १५ औँ अनशन बसिरहेका थिए । चिकित्सक संघका केही पदाधिकारी प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगे । अनसन बसेको दुई हप्ता बितेको थियो । तर सरकारले वार्ता टोली पनि बनाएको थिएन ।

अर्थात डा.केसीको अनसन ओलीका लागि कमिला जत्रो पनि थिएन । उल्टै चिकित्सक संघका पदाधिकारीलाई चोर औला ठड्याएर ओलीले भने, दुई तिहाई सरकारको प्रधानमन्त्री हुँ, एक जना डाक्टरले मलाई सम्झाउनु पर्दैन ।

यो कुरा प्रतिनिधिसभा बैठकमा कांग्रेसका सांसद गगन थापाले भनेपछि मात्रै बाहिर आयो । त्यसदिनबाटै ओलीको आलोचना शुरु हुन थाल्यो भने डा.केसीको १५ औँ जुम्ला अनसनमा समर्थन बढ्न थाल्यो ।

आज त्यही दिन आएको छ, की एकजना सत्याग्राहीले गर्दा दुई तिहाई सरकारको दाँतबाट पसिना आएको छ । पसिना मात्रै आएन जनताको भोटले प्रेरित नभई दम्भले फुल्दा सबै हावा फुस्सिएर गएको छ ।

अब एक जना सत्याग्राहीले मात्रै होइन, हरेक नागरिकले दिएको एक एक भोटको दायित्व ओली सरकारले पुरा गर्नुपर्छ । डा.केसीले ओलीको दुई तिहाईको घमण्ड मात्रै उतारेनन । झापा आन्दोलनदेखिको उनको धरातललाई पनि सम्झाइदिएका छन् ।

नाकाबन्दीमा देखाएको ओलीको राष्टबाद अहिले यसरी भुत्ते बनेको छ की अब ओली दुई तिहाईका प्रधानमन्त्री होइनन की जनताका सेवक हुन भन्न प्रष्ट भएको छ । दुई तिहाईको दम्भ अब छाड्नुपर्छ भन्ने कुरा ओलीलाई डा.केसीले राम्रोसँग बुझाएका पनि छन ।

अब पनि नबुझ्ने हो भने ओली सरकारले पाएको यो बिरलै पनि अब कहिल्यै नपाउने गरी गुमाउनेछ ।

तपाईको प्रतिक्रिया