fbpx

वाइडबडी विमान खरिदमा भ्रष्टाचार, वारेन्टी नभएका विमान ल्याएको खुलासा


Share This

नेपालबहस संवाददाता    

काठमाडौ । नेपाल वायुसेवा निगमले पहिलोपटक खरिद गरेको दुई थान वाइडबडी जहाजको वारेन्टी नै नरहेको पाइएको छ । जहाज खरिद सम्झौतामा नयाँ जहाजको इन्जिन तथा स्पेयर्स पार्टस्को वारेन्टी र ग्यारेन्टी कति समय हुने विषय नै उल्लेख नगरेको भेटिएको छ ।

निगमले हाईफ्लाइ एक्ससँग गरेको सम्झौतामा वारेन्टी तथा ग्यारेन्टीको विषयमा दुवैपक्ष मौन बसेको भेटिएिको छ । उक्त विषयले बोर्ड बैठकमा पटकपटक संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव तथा सञ्चालक समिति अध्यक्ष कृष्ण देवकोटाले प्रश्न उठाएका थिए ।

बोर्ड बैठकमै दुईपटक यससम्बन्धमा निर्णय भए पनि सम्झौता अहिलेसम्म बोर्ड बैठकमा प्रस्तुत नगरिएको निगम स्रोतले जानकारी दिएको छ ।

निगमका प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारलाई सम्बोधन नै गरेर सचिव देवकोटाले पत्रसमेत लेखेको कारोबार दैनिकमा समाचार छ ।

तपाईको प्रतिक्रिया