fbpx

देशको स्वास्थ्य शिक्षालाई बचाएर आइसियुमा पुगे डा.गोविन्द केसी !


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । सरकारले चिकित्सा शिक्षा क्षेत्रमा बेथिती ल्याउन खोजेको भन्दै आमरण अनसन बसेर माग पुरा गरेका डा.गोविन्द केसीको अहिले आइसियुमा उपचार भइरहेको छ ।

२७ दिन लामो अनसन बिहीबार राती टुंगिएपछि डा.केसी आइसियु पुगेका हुन । यसअघि उनले आइसियुमा उपचार गर्न मानेका थिएनन ।

शिक्षण अस्पतालको १ नम्बर शैयामा डा.केसीको उपचार भइरहेको हो । अहिलेसम्मकै लामो अनसनका कारण शरीरका सबै अंग पुरानै अवस्थामा फर्किन हप्ता १० दिन लाग्ने डाक्टरले बताएका छन् ।

तपाईको प्रतिक्रिया