fbpx

भ्यान दुर्घटना : भाई जोगिए, दाजुलाई बचाउन सकिएन


Share This

नेपालबहस संवाददाता    

सल्यान । पिकअप भ्यान दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । सिद्धकुमाख गाउँपालिका ३ का २६ वर्षीय हेमराज रेउलेको पिकअप दुर्घटनामा ज्यान गएको हो ।

विहीबार बेलुकी सिद्धकुमाख गाउँपालिका ३ फलाँटेबाट ढोरचौरका लागि छुटेको लु १ च ७७४४ नम्बरको पिकअप भ्यान फलाटेमै दुर्घटनामा परेको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका रेउलेको थप उपचारको लागि कोहलपुर लैजादै गर्दा बाटोमै ज्यान गएको हो । दुर्घटनामा मृतक रेउलेका भाइ मदन रेउले घाइते भएका छन् ।

उनको कोहलपुरमा उपचार भैरहेको छ । वर्षाका कारण सडक चिप्लो भएकाले दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

तपाईको प्रतिक्रिया