fbpx

प्रधानन्यायाधिसमा जोशीको भाग्यको फैसला आज, सांसद अन्यौलमा !


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । प्रधानन्यायाधीशमा दीपकराज जोशीको भाग्यको फैसला आज हुदैछ । यद्यपी यसबारेमा सांसदहरु अन्यौलमा छन । संसदीय समितिले निर्णय गरेपनि उनको सिफारिस रोकिनेछैन । यसअघि न्यायपरिषदले गरेको सिफारिस सरकारले अनुमोदन गरिसकेको छ ।

बिहीबार संसदीय सुनुवाईका क्रममा जोशीले गैरजिम्मेवार तर्क गरेका थिए । उनले न्यायलय सुधार गर्नेतर्फ भन्दा पनि आफ्नो मनलाग्दी जवाफ मात्रै दिएका थिए ।

यसले सांसदहरु भने अवाक भएका छन । यद्यपी मन्त्रीपरिषदले गरेको निर्णय भएपनि संसदीय समितिबाट जोशीको अनुमोदन हुन सुनुवाई समितिका १५ मध्ये कम्तीमा १० जना सांसदको सहमति चाहिन्छ ।

१५ सदस्यीय समितीमा नेकपाका ९ र संघीय समाजबादी फोरमका एक गरि सत्तारुढ दलका १० जना सांसद छ भने कांग्रेसका ४ र राजपाका एकजना सांसद छन् ।

यो आकंडाअनुसार उनले संसदीय सुनुवाईबाट मुक्ति पाए प्रधानन्यायधिसको कुर्सीमा बस्न पाउनेछन । राष्टपतिले नियुक्त गर्ने व्यवस्था छ । सांसदले अनुमोदन नगरे थप प्रक्रिया अगाडी बढ्नेछ ।

तपाईको प्रतिक्रिया