fbpx

नागरिक सुरक्षाको नयां शैली : प्रहरीको साइकल गस्ती


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । काठमाडौं महानगरीय प्रहरीले नागरिकको सुरक्षाका लागी नयां शैली अपनाउदै १६ जनाको साइकल गस्ती अभियान सुरु गरेको छ ।

ट्राफिक जाम हटाउनेदेखि मादक पदार्थ सेवन गरी होहल्ला गरी हिँड्ने व्यक्तिलाई नियन्त्रणमा प्रहरीले साइकल अभियान सुरु गरेको महानगरीय प्रहरीले जानकारी दिएको छ ।

काठमाडौं प्रहरी परिसरको जुनियर प्रहरी अधिकृतको नेतृत्वको १६ जनाको टोलीले दैनिक बिहान ९ः३० बजेदेखि ११ बजेसम्म र दिउँसो २ः३० देखि ६ बजेसम्म गस्ती गर्ने भएको हो ।

परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले साइकलबाट सहरको हरेक कुनाकाप्चा र गल्लीमा पुग्न सकिने भएकाले साइकल गस्ती सुरु गरिएको बताए ।

साउनको पहिलो साताबाट सुरु भएको यो अभियानको क्रममा अहिलेसम्म २० जना पक्राउ परिसकेका छन् ।

तपाईको प्रतिक्रिया