fbpx

पोखरा हिडेको बस दुर्घटनामा ५ को मृत्यु, २५ जना घाइतेको उद्धार [अपडेट ]


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । शुक्रबार काठमाडौंबाट पोखराको लागी हिडेको बस चितवन पृथ्वीराजमार्गको कुरिनटार नजिक चुम्लिङटारमा करिव १२ बजेतिर ट्रकसंग ठोक्किंदा ५ जनाको मृत्यु भएको छ ।

बस नदीमा खस्दा निधन हुनेमा दुई महिला र तीनजना पुरूष रहेका छन् । बसबाट २५ जनालाई उद्धार गरेर उपचारका लागि भरतपुर पठाएको घटनास्थलमा रहेका चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक ‘डिएसपी’ प्रभु ढकालले जानकारी दिए ।

डिएसपी ढकालका अनुसार ट्रकसँग ठोक्किएर बस सडकदेखि लगभग ७० मिटर तल त्रिशुली नदी तर्फ खसेको हो । सडकबाट खसेको बस खोँचमा अड्केका कारण नदीमा पुग्नबाट रोकिएको हो।

ढकालका अनुसार अनुसार काठमाडौंबाट पोखरा जाँदै गरेको ना ६ ख २५०६ नम्बरको बस मुग्लिन तर्फबाट गइरहेको ना ५ प ७४०९ को ट्रकसँग ११ बजेर ५५ मिनेट जाँदा ठक्कर खाएको हो।

दुर्घटनामा परेको बसमा कति जना यात्रु थिए एकिन नभएको प्रहरीले जानकारी दिएको छ । घटनास्थलमा उद्धारकार्य जारी रहेको छ ।

तपाईको प्रतिक्रिया