fbpx

प्रधानन्यायाधिसमा जोशीको फैसला आइतबार हुने


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । प्रधानन्यायाधीशमा प्रस्तावित दीपकराज जोशीको  फैसला गर्ने निर्णय सुनुवाई विशेष समितिले आइतबारका लागि सारेको छ ।

नाम अनुमोदन गर्ने वा थप छानबिन गर्ने भन्ने विषयमा निर्णय गर्न बोलाइएको  संसदीय सुनुवाई विशेष समितिको शुक्रबार बोलाइएको बैठक बस्दै नबसी आइतबार सम्मका लागी स्थगित भएको छ ।

शुक्रबार बोलाइएको बैठक अन्तिम समयमा स्थगित भएको सूचना दिइएको समितिका एक सदस्यले जानकारी दिए । यसअघि प्रस्तावित प्रधानन्यायाधीश जोशीको बिहीबार सुनुवाई गरी शुक्रबार निर्णय गर्ने भनिएको थियो ।

तर जोशीको शैक्षिक प्रमाणपत्रमा विवाद भएको र त्यसबारेमा अध्ययन चलिरहेकाले बैठक स्थगित गरिएको एक सदस्यले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार