fbpx

[ अपडेट ] चुम्लिङटार दुर्घटनामा मृत्यु हुनेको सख्या ८ पुग्यो


Share This

नेपालबहस संवाददाता    

चितवन । काठमाडौंबाट पोखराको लागी छुटेको बस पृथ्वीराजमार्गको कुरिनटार नजिक चुम्लिङटारमा ट्रक जुध्दा आठ जनाको मृत्यु भएको छ ।

घट्नास्थलमा पाँच जनाको शव भेटिएको प्रहरीले जनाएको छ भने ती जना भरतपुर पुरानो मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको छ। चुम्लिङटार दुर्घटनामा घाइते भएका स्याङ्जाका उदयराज लामिछाने भरतपुर पुरानो मेडिकल कलेजमा उपचार गराउँदै । यस अस्पतालमा उपचारका लागि ल्याइएका दश मध्ये तीन जनाको निधन भएको हो ।

घटनास्थलमा रहेका चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक ९डिएसपी० प्रभु ढकालका अनुसार घट्नास्थलमा मृत्यु हुनेमा दुई महिला र तीन पुरूष छन्।

प्रहरीले २५ जनालाई उद्धार गरेर उपचारका लागि भरतपुर पठाएको थियो। तिनै मध्ये तीन जनाको मेडिकल कलेजमा मृत्यु भएको हो। ट्रकसँग ठोक्किएर बस सडकदेखि लगभग ७० मिटर तल त्रिशुली नदी तर्फ खसेको छ।

घटनास्थलमा रहेका उद्धारकर्ताका अनुसार बस खोँचमा अड्केका कारण नदीमा पुग्नबाट रोकिएको हो। उद्धारकार्य सकिएको प्रहरीले जानकारी दिएको छ।

ढकालका अनुसार अनुसार काठमाडौंबाट पोखरा जाँदै गरेको ना ६ ख २५०६ नम्बरको बस मुग्लिन तर्फबाट गइरहेको ना ५ प ७४०९ को ट्रकसँग ११ बजेर ५५ मिनेट जाँदा ठक्कर खाएको हो।

तपाईको प्रतिक्रिया