fbpx

सिद्धार्थ राजमार्गमा पहिरो, यात्रु बीच बाटोमै अलपत्र


Share This

नेपालबहस संवाददाता    

रुपन्देही । पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । बुटवल पाल्पा सडकखण्डमा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो ।

पाल्पाको तिनाउ गाउँपालिका ३ हेडबक्स भन्ने स्थानमा पहिरो खसेपछि बिहान ७ बजेदेखि सडक अवरुद्ध भएको हो ।

सडक अवरुद्ध हुँदा पाल्पा हुँदै विभिन्न जिल्लाबाट बुटवलतर्फ आइरहेका र बुटवलबाट पाल्पा, गुल्मी, स्याङ्जा, बागलुङ, पोखरा लगायतका स्थानतर्फ जाने सवारी साधन र यात्रु बीचमै रोकिएका छन् ।

भारी वर्षाका कारण पहिरो खस्ने क्रम नरोकिएको र डोजरले पहिरो पन्छाउन पनि समस्या भएको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

तपाईको प्रतिक्रिया