fbpx

प्रधानन्यायाधीशमा प्रस्तावित जोशीको निर्णय सोमबार हुने


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । प्रधानन्यायाधीशमा प्रस्तावित दीपकराज जोशीको फैसला गर्ने निर्णय सुनुवाई विशेष समितिले सोमबारका लागि सारेको छ । प्रमाणपत्रमा फरकफरक तथ्याङ्क भेटिएपछि संसदीय सुनुवाइ समिति बैठक भोलिसम्मका लागि स्थगित भएको छ। जोशीको अनुमोदन गर्ने नगर्ने विषयमा निर्णय गर्न आइतबार बिहान ८ बजे बैठक डाकिएको थियो।

यसैबीच लगातार बैठक धकेलिएसँगै प्रस्तावित प्रधानन्यायाधीश जोशीको अनुमोदन हुने वा नहुने अझै निश्चित नभएको हो। उनको बिहीबार नै सुनुवाइ भैसकेको छ। अनौपचारिक छलफलपछि जोशीबारे निर्णयका लागि सोमबार २ बजे बैठक डाकिएको हो। संसद हो छलफल जारी छ,समितिका जेष्ठ सदस्य लक्ष्मणलाल कर्णले बताए ।

केही सदस्य बाहिर जानुपर्ने भएकाले बैठक भोलिसम्मका लागि सरेपनि जोशीको शैक्षिक योग्यताको विवाद उच्च राजनीतिक तहमा समेत परामर्श भइरहेको छ।

यसअघि प्रधानमन्त्री ओलीले सुनुवाई समितिका जेष्ठ सदस्य समेत एवम् सभापति लक्ष्मणलाल कर्ण, समिति सदस्य सांसद योगेश भट्टराई, स्वास्थ्य मन्त्री उपेन्द्र यादवका प्रतिनिधि, सुमनराज प्याकुरेलसँग छलफल गरेपछि सनुवाइ समितिको बैठक रोकिएको थियो।

सुनुवाइ समिति सदस्यले जोशीको प्रमाणपत्रबारे नयाँ तथ्य फेला परेको र विवादमा परेकाले बैठक सार्नु उचित हुने मत प्रधानमन्त्रीसँगको छलफलमा राखेका थिए। प्रधानमन्त्री लगायत अरु सदस्यहरुले प्रमाणपत्रबारे थप बुझ्नु उचित हुने बताएका थिए। सहमतिपछि प्रधानमन्त्रीको निर्देशनमा बैठक आइतबार ८ बजेका लागि सारिएको थियो।

जोशीको प्रमाणपत्रबारे सांसदहरुले शुक्रबार बिहान नयाँ तथ्य फेला परेको सेतोपाटीलाई बताए। सनुवाई समितिका सदस्यहरुका अनुसार जोशीले समितिमा बुझाएको एसएलसीको सिम्बोल नंम्बर ९३६६७० अर्कै व्यक्तिको नाममा भेटिएको हो।

स्रोतका अनुसार उक्त सिम्बोल नंम्बर परिक्षा बोर्डमा हेमराज लेकालीको नाममा छ। लेकालीको नाममा प्रमाणपत्र भेटिएको विषय प्रधानमन्त्रीलाई समेत जानकारी रहेको स्रोतले बतायो।

तपाईको प्रतिक्रिया