fbpx

प्रतिनिधि सभामा सैद्धान्तिक छलफल सुरु


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । सरकार र डा. गोविन्द केसीबीच भएको सहमति संसदीय प्रक्रियामा अघि बढेको छ। केसी र सरकारबीचको सहमतिपछि राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ माथि प्रतिनिधि सभाममा सैद्धान्तिक छलफल सुरु भएको हो ।

आइतवार बसेको प्रतिनिधि सभा बैठकमा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राखेका थिए। त्यस प्रस्तावमा सत्तारुढ र विपक्षी दुवै सांसदहरुले छलफलमा भाग लिएका थिए ।

सैद्धान्तिक छलफलपछि विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव ध्वनीमतका आधारमा बहुमतले पारित भएको घोषणा सभामुख कृष्णबहादुर महराले गरेका छन् ।

विधेयकमाथि विचार गरियोस भन्ने प्रस्ताव पारित गर्दै स्थगित भएको प्रतिनिधि सभा बैठक साउन १६ गते बुधबार बस्ने भएको छ।

तपाईको प्रतिक्रिया