fbpx

कारबाहीको माग गर्दै दुर्गा प्रसाईविरुद्ध सार्वजनिक महत्वको प्रस्ताव


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । बंगलादेशमा एमबीबीएस पढ्ने छात्राका बारेमा नकारात्मक अभिव्यक्ति दिने व्यवसायी दुर्गा प्रसाईँलाई कारबाहीको माग गर्दै नेपाली कांग्रेसले संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको छ ।

नेपाली कांग्रेसका महिला सांसद डिला संग्रौला प्रस्तावक रहेको प्रस्तावमा सांसद लक्ष्मी परियार र प्रमिला राईले समर्थन गरेका छन् । बंगलादेशमा पढ्ने छात्राका बारेमा नकारात्मक टिप्पणी गर्ने कानुनमन्त्री शेरबहादुर तामाङले राजीनामा दिए पनि व्यवसायी प्रसाईमाथि कुनै कारबाही नभएको भन्दै कांग्रेसले संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको हो ।

बंगलादेशमा पढ्ने छात्राले प्रमाणपत्रका लागि आफ्नो शरीर बेच्नुपरेको भन्ने विवादित अभिव्यक्ति दिएपछि चर्को आलोचनाका कारण कानुनमन्त्री तामाङले केही दिनअघि राजीनामा दिनु भएको छ ।

तपाईको प्रतिक्रिया