fbpx

आर्थिक समृद्धिका लागि सूचना प्रविधि चाहिन्छ


Share This

नेपालबहस संवाददाता    

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलेआर्थिक समृद्धिका लागि सूचना प्रविधिको उपभोगलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन ।

‘सूचना प्रविधिमा सम्भावना र उत्कृष्टताको खोजी’ मूलनारासहित लिभिङ विथ आइसिटीले आयोजना गरेको कार्यक्रममा भिडियो सन्देशमार्फत उनले सो कुरा बताएका हुन ।

प्रधानमन्त्री ओलीले नेपालको सूचना प्रविधि क्षेत्रमा आइसिटी अवार्डले नयाँ सम्भावना प्रदान गरेको उल्लेख गर्दै सन् २०२० भित्र मध्यपहाडी जिल्लामा अप्टिकल फाइबर पु¥याउने बताए ।

विकासका हरेक क्षेत्रमा सूचना प्रविधि प्रयोग गरिने बताउँदै उहाँले मुलुकमा सुशासन स्थापनाका लागि सूचना प्रविधि माध्यम महत्वपूर्ण रहको बताए ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले लिभिङ विथ आइसिटीको तेस्रो संस्करणको ‘नेटगियर आइसिटी अवार्ड २०१८’ वितरण गरे ।

उनले विभिन्न आठ विधामा आइसिटी अवार्ड प्रदान गरेका हुन ।

आइसिटी स्टार्टअप अवार्ड पिपुड डेभलपमेन्ट ल्याब प्रालिलाई, आइसिटी प्रडक्ट अवार्ड इन्सुरेन्स म्यानेजमेन्ट सफ्टवेयर आइ–सोलुसन्स लाइफाईलाई र आइसिटी पायोनियर अवार्ड मर्कन्टाइल कम्युनिकेशन्सका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत सञ्जीव राजभण्डारीलाई प्रदान गरिएको छ ।

यसैगरी डिजिटल गभर्नेन्स अवार्ड नेपाल प्रहरीलाई र आइसिटी मिडिया अवार्ड नागरिक दैनिकका पत्रकार सन्तोष न्यौपाने तथा नयाँपत्रिकाका पत्रकार गोपाल साउदलाई प्रदान गरिएको छ ।

तपाईको प्रतिक्रिया