कोशी ब्यारेजका कर्मचारीलाई बाँधको ढोका खोल्न भारत सरकारको निर्देशन


Share This

नेपालबहस संवाददाता    

२९ साउन, काठमाडौं । उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले भारतका विदेशमन्त्री सुष्मा स्वराजसँग टेलिफोन वार्ता गरेका छन् ।

आज साँझ भएको उक्त टेलिफोन वार्तामा भारतीय विदेशमन्त्री स्वराजले कोशी व्यारेजलगायत अन्य बाँधको ढोका खोल्न भारत सरकारले निर्देशन दिएको जानकारी गराएको स्रोतले बतायो ।

नेपालमा बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उनले विपद्को यस घडीमा भारत सरकारले सक्दो सहयोग गर्ने बताएको उपप्रधानमन्त्रीका प्रेस तथा जनसम्पर्क संयोजक हरि लामिछाने बताए ।

तपाईको प्रतिक्रिया
Road Show Real State