प्रकाण्डलाई थप तीन दिन थुनामै राख्न म्याद, त्यसपछि कहाँ लगिन्छ ?



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई थप दिन दिन नुवाकोटमै राखिने भएको छ । एक्स्काभेटर जलाएको आरोपमा काठमाडौंबाट पक्राउ गरी नुवाकोट लगिएका प्रकाण्डलाई जिल्ला अदालतले तीन दिन हिरासतमा राख्न म्याद थप गरेको छ ।

यसअघि उनलाई दुई पटक गरेर तीन दिनको म्यान थप गरिएको थियो । यसपटक गरी तेश्रोपटक म्याद थप गरिएको हो । गएको साउन ७ गते राति बेलकोटगढी नगरपालिका वडा नं. ९ नलगाउँमा सडक निर्माण गर्दै गरेको ठेकेदारको दुई थान एक्स्काभेटर जलाएको आरोपमा प्रकाण्डलाई पक्राउ गरिएको हो ।

यसअघि उनलाई काभ्रेमा पनि स्काभेटर जलाएको आरोपमा पक्राउ गरिएको थियो । त्यसअघि जबर्जस्ती चन्दा असुलेको आरोपमा प्रकाण्ड पक्राउ परेका थिए ।

अब कहाँ लगिन्छ ?

प्रकाण्डलाई बिना कारण थुनामा राखेको भन्दै सर्वोच्चले दुई पटक छाड्न आदेश दिइसकेको छ । तर प्रहरीले अर्को आरोपमा दुबैपटक सर्वोच्चबाटै पक्राउ गरेको छ ।

उनले नुवाकोटबाट पनि सर्वोच्चमा प्रत्यक्षीबन्दीको रिट हालेका छन । जसमा सर्वोच्चले फेरी उनलाई छाड्न आदेश दिनेछ । अब उनलाई कहाँ लगिनेछ त ?

प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लवले अराजक र आतंक फैलाउने काम गरेकाले उनका मुख्य सहयोगी प्रकाण्डलाई पक्राउ गरिएको भनिसकेका छन । र प्रकाण्डलाई सित्तिमिती छाड्ने मुड सरकारसँग छैन ।

अबको सुनुवाईमा सर्वोच्चले छाड्न आदेश दिएमा गत मंसिरमा भएको चुनावमा रामशरण महत चढेको गाडीमा बम विष्फोट गराएको आरोपमा प्रहरीले फेरी प्रकाण्डलाई पक्राउ गर्न सक्छ ।

यस्तै उनलाई भोजपुर र उदयपुरमा पनि बम विष्फोट गराएको आरोपमा पक्राउ गर्ने सम्भावना छ । यस्तै जुम्ला, रोल्पा र जाजरकोटमा पनि उनलाई पक्राउ गर्ने खालका मुद्धा छन ।

चुनावकै बेला जनाद्र्धन शर्मा, बर्षमान पुन लगायतका नेतालाई लक्षित गरी बम विष्फोट गराएको आरोप विप्लव र प्रकाण्डमाथि छ । प्रकाण्डसँगै विप्लवका झण्डै १५ जना नेताहरुलाई प्रहरीले पक्राउ गरिसकेको छ । तर विप्लव भने पक्राउ परेका छैनन ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •