आज मोदी, बाजेद र चो आउँदै, तीन घण्टा विमानस्थल बन्द


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । बिमस्टेक सम्मेलनका लागि आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशी प्रधनमन्त्री शेख हसिना बाजेद र थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चोन ओ चो आउदैछन ।

विशिष्ट पाहुना आउने भएकाले आज बिहान ८ देखि ११ बजेसम्म विमानस्थल बन्द गरिएको छ । तीनघण्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुँदा अरु विमानको उडान र अवतरण बन्द भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार विशिष्ट पाहुना आउनु १० मिनेट अघिदेखि आएको आधा घण्टासम्ममा अरु उडान रोकिनेछ ।

अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक र बाह्य कुनै पनि उडान तथा अवतरण नहुने विमानस्थल कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया