पाँचतारे सोल्टी होटलमा चौथो शिखर सम्मेलन शुरु, प्रधानमन्त्री ओलीद्धारा उदघाटन


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास ‘बिमस्टेकको चौँथो शिखर सम्मेलन सुरु भएको छ। सम्मेलनको उदघाटन बिमस्टेकको अध्यक्ष रहेका नेपाली प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन्।

सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, श्रीलंकाका राष्ट्रपति मैत्रिपाल सिरिसेना,म्यान्मारका राष्ट्रपति विन मिन्ट, भुटानका अन्तरिक सरकारका प्रमुख सल्लाहकार छिरिङ वाङचुक र थाइल्यान्डका प्रधानमन्त्री प्रयुत वानओचा सहभागी छन्।

यो सम्मेलनमा क्षेत्रीय ऊर्जा ग्रिन लाइनको विषयमा समझदारी पत्रमा हस्ताक्षर हुने कार्यक्रम रहेको छ। सम्मेलनलाई अहिले आयोजक राष्ट्रको सरकार प्रमुखका रुपमा प्रधानमनत्री केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन्।  सम्मेलन काठमाडौँ, कालिमाटीस्थित पाँचतारे सोल्टी होटलमा भइरहेको छ।

तपाईको प्रतिक्रिया