तस्विरमा ‘हेर्नुस’ बिम्स्टेक शिखर सम्मेलन


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास ९बिम्स्टेक०को चौथो सम्मेलन काठमाडौंमा सुरु भएको छ । बिम्स्टेकका अध्यक्ष रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले होटल सोल्टीमा आयोजित एक भव्य समारोहकाबीच सम्मेलनको उद्घाटन गरे ।

काठमाडौँमा बिहीबार शुरु भएको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनालाई स्वागत गर्दै प्रधानमन्त्री एवं बिम्स्टेकका अध्यक्ष केपी शर्मा ओली ।

सम्मेलनमा सदस्य–मुलुक श्रीलंकाका राष्ट्रपति मैथ्रिपाला सिरिसेना र भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार छिरिङ वाङचुक, म्यानमारका राष्ट्रपति यु विन मिन्ट, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी,बंगलादेशकी प्रधानमन्त्री शेख हसिना र थाइल्यान्डका राष्ट्रपति जनरल प्रयुत चान ओ सहभागि छन् ।

सम्मेलनबाट ऊर्जा, व्यापार तथा अप्टिकल फाइबर लगायतमा अन्तरदेशीय सम्पर्क स्थापना गर्ने, बिम्स्टेकको बडापत्र निर्माण गर्ने, आतंकवाद नियन्त्रणमा ठोस कदम चाल्ने, सदस्य राष्ट्रहरुका जनस्तरमा सम्पर्क वृद्धि गर्ने कार्यक्रम ल्याउने लगायत विषयमा छलफल हुनेछ । सम्मेलन शुक्रबार समापन हुनेछ ।

काठमाडौँमा बिहीबार शुरु भएको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओ चालाई स्वागत गर्दै प्रधानमन्त्री एवं बिम्स्टेकका अध्यक्ष केपी शर्मा ओली ।

काठमाडौँमा बिहीबार शुरु भएको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार एवं प्रधानन्यायाधीश ल्योन्पो छिरिङ वाङचुकलाई स्वागत गर्दै प्रधानमन्त्री एवं बिम्स्टेकका अध्यक्ष केपी शर्मा ओली ।

चौथो शिखर सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई स्वागत गर्दै प्रधानमन्त्री एवं बिम्स्टेकका अध्यक्ष केपी शर्मा ओली ।

काठमाडौँमा बिहीबार शुरु भएको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई स्वागत गर्दै प्रधानमन्त्री एवं बिम्स्टेकका अध्यक्ष केपी शर्मा ओली ।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनका लागि नेपाल आउनुभएका छवटै मुलुकका विशिष्ट पाहुनाहरु राष्ट्रपति विद्यादेवी भण्डारीसँग राष्ट्रपति भवन शीतल निवासमा बिहीबार संयुक्त भेटवार्तापछि सामूहिक तस्बिर लिनुहुँदै । साथमा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत ।

काठमाडौँमा बिहीबार शुरु भएको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा उद्घाटन मन्तव्य व्यक्त गर्दै प्रधानमन्त्री एवं बिम्स्टेकका अध्यक्ष केपी शर्मा ओली ।

तस्बिर : रासस

तपाईको प्रतिक्रिया