‘लागु पदार्थ निषेध र मदिरा नियन्त्रण अभियान’ : गृहमन्त्री राम बहादुर थापा


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । अनियन्त्रित मदिराको विक्री वितरण र लागुपदार्थको विक्रीवितरण रोक्न गृह मन्त्रालयले अभियानले चलाउने गृहमन्त्री राम बहादुर थापा बादलले बर्ताका छन् ।

मदिराको सेवनलगायतका कारणले बलात्कार र महिला हिंसाको घटना बढेको ठहर गर्दै गृहमन्त्रालयले यसबिरुद्ध अभियान शुरु गर्ने भएको हो ।

गृहले केही दिनभित्रै देशव्यापी रुपमा ‘लागु पदार्थ निषेध र मदिरा नियन्त्रण अभियान’ सञ्चालन गर्ने भएको छ। मदिराको व्यवस्थित विक्री वितरण र सेवनसम्बन्धी प्रस्ताव गृहले मन्त्रिपरिषदमा लैजान तयार पारेको छ।

सो प्रस्ताव पारित भए लगत्तै भदौको मसान्तभित्रै यो अभियान घोषणा गर्ने गृहको तयारी छ। इन्टरनेटमार्फत अश्लिलता बढेको कारण पनि बलत्कारका घटना बढेकोले यसको नियमनको बारेमा समेत गृहले छलफल सुरु गरेको छ।

तपाईको प्रतिक्रिया