बिम्स्टेक सम्मेलन सम्बन्धि बाबुरामको ट्वीट : सैनिक अभ्यासमा जोड चाहिं पचेन


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । बिम्स्टेक शिखर सम्मेलनमा प्रधानमन्धी केपी शर्मा ओलीले सम्मान जनक प्रस्तुती व्यक्त गरेको नया शक्ति नेपालका संयोजक डाक्टर बाबुराम भट्टराइले बताएका छन् ।

बिहीबार साझ सामाजिक संजालमा ट्वीटरमा ट्वीट गर्दै बाबुरामले बैठकको सुरूवात राम्रै रहेको तथा बिम्स्टेकका अध्यक्ष एव प्रधानमन्त्री ओलीको प्रस्तुती सम्मानजनक रहेको बताएका छन् ।

यस्तै उनले ट्वीटमार्फत मोदीले दर्जनभन्दा बढी कार्यक्रम घोषणा गरेर भारतको प्राथमिकताको राम्रै संकेत गरेको र शेख हसिनाले बंगलादेशको विकास नीतिवारे लोभलाग्दो जानकारी दिएको राम्रो लागेको बताएका छन् ।

सम्मेलनको उद्घाटन सत्रमा बोल्दै भिआइपी पाहुनाहरु मध्ये सैनिकअभ्यासमा जोड चाहिं नपचेको बताएका छन् ।

तपाईको प्रतिक्रिया