मोदी काठमाडौँमै भएका बेला पनि सीमानाकामा यसरी लुटिए नेपाली



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

कञ्चनपुर । विमेस्टेक सम्मेलनका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौमा छन । मोदीका लागि सरकारले सडकमा हिड्न समेत नदिएर सुरक्षा दिएको छ । पाहुनाका लागि प्रधानमन्त्री केपी शर्मा ओली सरकारले कुनै कसुर बाँकी राखेका छैनन ।

तर भारतले भने पुरानै हेपाहा रुप देखाएको छ । सीमानाकाका नेपालीलाई कुट्ने र भारतबाट स्वदेश फर्किएका नेपालीमाथी कुट्दै आइरहेको छ । यो क्रम आजसम्म पनि चलिरहेको छ । भारत नयाँ दिल्लीबाट फर्कदै गरेका कञ्चनपुर शुक्लाफाँटा नगरपालिका– ११ कलुवापुरका ३६ वर्षीय रमेश तिरुवा लुटिएका छन् ।

बसमा संगै बसेर आएका युवाले दिएको आइसक्रिम खाँदा बेहोस बनेका तिरुवा भारत बरेलीको रामनगर नजिकै लुटिएका हुन् । “सँगै बसेका युवाले आइसक्रिम खान दियो, आफूले पनि खायो” पीडित तिरुवाले भने, “छ महीना काम गरेर कमाएर ल्याएको भारतीय रु ४० हजार र परिवारका लागि ल्याएको कपडा सबै लुटेराले लुटेर लगेको छ ।”

बेहोस अवस्थामै सीमावर्ती बजार बनवासा पुगेपछि नेपालीको सहयोगमा उनी घर पुगेका छन ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •