कांग्रेसका प्रवक्ता शर्माको ट्वीट : नेपालदेखि भारतीय राजदूतावाससम्म चर्चा


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता एवम् युवा नेता विश्वप्रकाश शर्माले बिम्स्टेकमा भाग लिन आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षालाई प्रधानमन्त्री केपी ओलीले देखाएको चासोलाई लिएर व्याङ्ग्य गरेका छन् ।

कांग्रेसका प्रवक्ता शर्माले ट्वीट गर्दै विगतमा सरकारहरूले सडक खाली गराएर दुःख दिएको स्मरण गराएका हुन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीतिर संकेत गर्दै शर्माले प्रधानमन्त्री केपी ओलीले यस पटक आशा नै खाली गराएको भनेर आश्चर्य व्यक्त गरेका हुन् ।

‘बिशिस्ट अतिथिलाई हार्दिक स्वागत ! सडक खाली गराएर नागरिकलाई दुःख दिइएको उदाहरण त बिगतमा पनि थियो । केपी ओलीको पालामा त आकाश नै पो खाली ?  महोदय ! यसलाई के भनौं ? उग्र राष्ट्रवादको क्रान्तिकारी छलाङ’, भनेर कांग्रेस प्रवक्ता शर्माले ट्वीटमा उल्लेख गरेका छन् ।

प्रवक्ता शर्माले आफ्नो त्यो ट्वीटलाई हेलो सरकार र प्रधानमन्त्री ओलीलाई ट्वीटमा समेत ट्याग गरिदिएका छन् । भारतीय प्रधानमन्त्री आउने बेला नेपाली आकाशका साथै सडकहरू पूरै खाली गराइएको थियो । मोदीको सुरक्षाका बहानामा आशा नै पहिलो पटक खाली गराइएपछि प्रमुख विपक्षी दल नेपाली कांग्रेसले आलोचना गरेको हो ।

कांग्रेसले मात्र नभइ सामाजिक सञ्जालमा ओलीले मोदीलाई दिएको स्वागतको आलोचना भएको छ । शर्माको ट्वीटको नेपालस्थित भारतीय राजदूतावास लैनचौरमा समेत चर्चाको विषय बनेको छ ।

तपाईको प्रतिक्रिया