प्रधानमन्त्री ओलीले मोदीलाई दिए पाँचौ भ्रमणको निम्तो



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपालको पाँचौ भ्रमणको निम्तो दिएका छन्। शुक्रवार पशुपति क्षेत्रमा भारतीय सहयोगमा निर्माण भएको धर्मशालाको उद्घाटन कार्यक्रममा उनले मोदीलाई लुम्बिनी भ्रमणका लागि पुन: नेपाल भ्रमणको निम्तो दिएका हुन्।

प्रधानमन्त्री ओलीले मोदीको जनकपुर र मुक्तिनाथको दर्शन स्मरण गर्दै हुन नसकेको लुम्विनी भ्रमणका लागि पुन: नेपाल भ्रमणमा आउन निम्तो दिए।

प्रधानमन्त्री ओलीले नेपाल-भारत सम्बन्धको चर्चा गर्दै भारतीय सहयोगका लागि धन्यवाद ज्ञापन गरे। उनले भारतको सहयोगमा पशुपतिमा आधुनिक धर्मशाला निर्माण भएको भन्दै धन्यवाद दिए।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •