पुर्व लडाकु लेलिन विष्टद्धारा सर्वोच्चमा रिट, गृहमन्त्रीका सल्लाहकारसँग रिसइबी


Share This

नेपालबहस संवाददाता    

काठमाडौँ । आफुलाई सरकारले थाइल्याण्ड जान रोक लगाएको भन्दै माओवादी पूर्व लडाकु लेनिन बिष्टले सर्वोच्च अदालतमा रिट दायर गरेका छन । उनलाई गृह मन्त्रालय र विमानस्थल अध्यागमन विभागले केही दिनअघि थाइल्याण्ड जान रोक लगाएका थिए ।

बिष्टले आफूलाई कानूनविपरीत विदेश जान रोक लगाएको दावी गरेका छन । साथै उनले गृहमन्त्री रामबहादुर थापा बादलसँग आफुलाई विदेश जान रोक्नुको कारणको जवाफ दिन माग गरेका छन ।

गृहमन्त्रीका सल्लाहकार सूर्य सुवेदीले व्यक्तिगत रिसइवीका कारण आफ्नो पदको दुरुपयोग गर्दै आफुलाई थाइल्याण्ड जान रोक लगाएको उनको दाबी छ ।

यसबारेमा प्रधानमन्त्री केपी शर्मा ओलीले समेत चाँसो देखाएका थिए । साथै गृहमन्त्रालयलाई सोधिएको स्पष्टीकरणमा ५ वर्षअघि कल बाइपास गरेको आरोपमा पक्राउ परेका बादलले जवाफ दिएका छन । जसलाई बिष्ट र धेरै नागरिकले पत्याएका छैनन ।

अब सर्वोच्चको फैसलाले गृहमन्त्री र प्रधानमन्त्री केपी शर्मा ओली भने अफ्ठेरोमा पर्न सक्ने देखिन्छ ।

तपाईको प्रतिक्रिया