भीभीआइपीको सवारीले बन्दको चपेटामा परेको काठमाडौँ सामान्य बन्दै


Share This

नेपालबहस संवाददाता    

काठमाडौँ । बिमस्टेक सम्मेलनका कारण बन्दको मारमा परेको काठमाडौ उपत्यकामा आज सामान्य रुपमा गाडी चलिरहेका छन । बिहीबार र शुक्रबार बिहानैदेखि बन्द हुने काठमाडौँ उपत्यका आज भने निर्वाध रुपमा गाडी चलिरहेका छन ।

बिमस्टेक सम्मेलनमा आएका भारत, बंगलादेश, श्रीलंकाका राष्ट्रप्रमुखलाई ओहोर दोहोर गर्दा बन्द गर्नुपरेको काठमाडौँ आज खुल्ला छ । भीभीआइपीको सवारीले दुई दिन लगातार मारमा परेको सर्वसाधारणले आजदेखि राहतको सास फेरेका छन ।

१८ बुँदे घोषणापत्र जारी गर्दै शुक्रबार दिउँसो सकिएको सम्मेलन अब दुई बर्षपछि श्रीलंकामा हुनेछ ।

तपाईको प्रतिक्रिया