कांग्रेस आईका अध्यक्ष राहुल गान्धीको हत्या प्रयास



नेपालबहस संवाददाता
 




काठमाडौँ । भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीमाथि हत्याको प्रयास भएको छ । उनीमाथि केही समयअघि विमानमै हत्याको प्रयास भएको हो । गएको २६ अप्रिलका दिन गान्धी चुनावी प्रचार प्रसारका लागि कर्णाटक जाने क्रममा उनी चढेको विमानलाई नै दुर्घटना गराएर हत्या गर्ने प्रयास भएको खुलासा भएको हो ।

उनी चढेको विमान आकस्मिक अवतरण गरिएको थियो भने २० सेकेन्ड छिटो विमान अवतरण हुँदा उनी दुर्घटनाबाट जोगिएको हो । नभए उनलाई विमानभित्रै हत्याको प्रयास गरिएको थियो ।

विमानमा खराबी हुनु षड्यन्त्रपूर्ण रहेको भन्दै कांग्रेसले कर्णाटक प्रहरीमा उजुरी पनि गरेको थियो । त्यसबेला आफुले मानसरोवर सम्झेकाले त्यसैका लागि अहिले मानसरोवरका लागि काठमाडौँ आएको उनको भनाई छ ।