१२ घण्टापछि खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल !



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । यती एयरलाइन्सको विमान दुर्घटनाका कारण गएरातीदेखि बन्द त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १२ घण्टापछि खुलेको छ । नेपालगञ्जबाट २१ यात्रु बोकेर काठमाडौँ आइपुगेको यतीको कलसाइन नाइन एन एएचडब्लुको जेट स्ट्रिम विमान गए राति अवतरणको क्रममा धावनमार्गमा चिप्लिएको थियो ।

शनिबार राति ८ः३० बजे भएको उक्त घटनापछि विमानस्थल अवरुद्ध थियो । दुर्घटनामा कुनै मानवीय क्षति भएन । घाँसे मैदानमा धस्सिएको विमानलाई नेपाल नागरिक उड्डयन प्राधिकरण, यती एयरलाइन्सका प्राविधिकलगायतको टोलीले तानेर रनवेतर्फ लगेपछि विमानस्थल सञ्चालनमा आएको हो ।

विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार प्राधिकरण, विमानस्थलको फायर फाइटिङका कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बललगायतको संयुक्त टोलीले लगातारको प्रयासपछि विमानलाई धावनमार्गबाट पार्किङतर्फ लगेका हुन ।

विमानस्थल बन्द गएरातीदेखि रोकिएका विमानको उडान र अवतरण सुचारु भएको छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •