विरोध प्रर्दशनपछि डाक्टरहरुले काउन्सिललाइ बुझाए लाइसेन्स


Share This

नेपालबहस संवाददाता    

काठमाडौ । नेपाल चिकित्सक संघले ६ हजार चिकित्सकको लाइसेन्स नेपाल मेडिकल काउन्सिललाई बुझाएको छ । आइतबार संघले माइतीघर मण्डलामा गरेको विरोध प्रर्दशनपछि दिउँसो करिब एक बजे बासबारीस्थित नेपाल मेडिकल काउन्सिल पुगेर कार्यवाहक अध्यक्ष डा. नारायणविक्रम थापालाई लाइसेन्स बुझाएको हो ।

लाइसेन्स बुझाउनेमा संघमा आवद्ध १६ वटा शाखाकै चिकित्सकहरु रहेको महासचिव डा.लोचन कार्कीले बताए । आज लाइसेन्स बुझाउनेमा संघको १६ वटा शाखामा कार्यरत देशभरीकै करिब छ हजार चिकित्सकहरु रहेका छन् ।

काठमाडौं बाहिर रहेका चिकित्सकहरुबाट लाइसेन्स आउने क्रम जारी छ रहेको छ । भदौ १ गतेदेखि लागु भएको मुलुकी अपराध संहिता ऐन ०७४ र मुलुकी फौजदारी कार्यविधि ऐन ०७४ मा डाक्टरले लापरवाहीपूर्वक उपचार गर्दा जन्मकैदको व्यवस्था राखिएको विरोधमा डाक्टरहरु विरोध प्रदर्शनमा उत्रिएका हुन् ।

चिकित्सकहरुले सांकेतिक विरोधस्वरुप सबै स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा ठप्प पनि पारेका छन् ।

तपाईको प्रतिक्रिया