दुई तिहाईको सरकार छोटो समयमै असफलतातिर उन्मुख : कांग्रेस नेता खतिवडा


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले दुई तिहाईको कम्युनिष्ट सरकार छोटो समयमै असफलतातिर उन्मुख भएको आरोप लगाएका छन् । काम कम र भाषणमा ज्यादा समय बिताएर सरकारका मन्त्रीहरु जनताको नजरबाट गिर्न थालेको उनले बताए ।

ओखलढुङ्गाको यसम सेवा समाजले राजधानीमा आयोजना गरेको रक्तदान कार्यक्रमपछि आयोजित सभामा बोल्दै नेता खतिवडाले नागरिक जन्मिदा र मर्दा समेत करको जोहो गरेर मात्रै जन्मिने र मर्नुपर्ने बाध्यात्मक परिस्थितिको सिर्जना भएकोमा खेद व्यक्त गरेका हुन् ।

सरकार आफैले बाँडेको सपनाको भारी मुनि आफै थिचिएको उनको टिप्पणी थियो । सभामा ओखलढुङ्गा कांग्रेसका नेता अशोक कार्कीले सरकार आफ्नै गल्तीले आलोचित हुँदै आएको बताएका छन् ।

प्रतिपक्षी दलले अहिले सरकारको गलत नियतबारे जनतालाई सूसुचित गर्ने बेला आएको उनले उल्लेख गरे ।

तपाईको प्रतिक्रिया